राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने, प्रथम हुनेलाई १ लाख नगद

राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने, प्रथम हुनेलाई १ लाख नगद


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ ।

प्रगियोगितामा प्रथम हुने कविलाई एक लाख नगद प्रदान गरिने राप्रपाले जनाएको छ।

राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाले खुला आह्वान गरेको छ ।

May be an image of text