९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय सारु पक्राउ

९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय सारु पक्राउ


तनहुँ ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारू पक्राउ परेका छन्

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।