निजामती सेवाका महिला कर्मचारीलाई महिनावारी बिदा

निजामती सेवाका महिला कर्मचारीलाई महिनावारी बिदा


तिलोत्तमा ।

लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (रजस्वला) बिदा पाउने भएका छन् ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ुमहिनावारी बिदाुको व्यवस्था गरेको हो ।

उक्त ऐन प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको छ ।

प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो ।

दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।

प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ ।