अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड


काठमाडाैं ।
बिहीबार अमेरिकी डलरको भाउले रेकर्ड कायम गरेको छ ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ ।

जुन हालसम्म कै उच्च हो । यसअघि मंसिर १५ गते डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन प्रति दिन थप कमजोर हुँदै गएको छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा तोकिएको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।