आज एकैदिन २८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन २८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २८ सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १८ हजार २५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ ।

हिजो १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।