करिब १७ खर्बकाे विदेशी मुद्रा सञ्चित, १ वर्षकाे आयात धान्नसक्ने

करिब १७ खर्बकाे विदेशी मुद्रा सञ्चित, १ वर्षकाे आयात धान्नसक्ने


काठमाडाैँ ।

विदेशी मुद्रा सञ्चिति १० दशमलव २ प्रतिशतले बढेकोकरिब १७ खर्बकाे विदेशी मुद्रा सञ्चित, १ वर्षकाे आयात धान्नसक्ने छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

कूल विदेशी सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ बराबर छ ।

केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब २  प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा ६ दशमलव ४ प्रतिशतले वृद्धि भई २ खर्ब ५ अर्ब ९५ करोड कायम भएको छ ।

गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ८ प्रतिशत छ । ‍

आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव ६ महिनाको वस्तु आयात र ११ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।