पोखरा ।
बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए ।
तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ ।
बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ ।
प्रतिक्रिया