असई थमन बिक हत्या प्रकरण : लोसपाका नेतालाई जन्मकैद

असई थमन बिक हत्या प्रकरण : लोसपाका नेतालाई जन्मकैद


जनकपुरधाम ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्माको हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।

उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो ।

हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।