नागढुंगामा सेरेसको थ्री एस सुविधासहितको नयाँ शोरुम

नागढुंगामा सेरेसको थ्री एस सुविधासहितको नयाँ शोरुम


काठमाडौं।

नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटो कर्पले पोखराको नागढुंगामा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले सेरेस गाडीको तेस्रो शोरुम सञ्चालनमा ल्याएको हो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्‍चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्‍घाटन गरे।

कम्पनीले थापा मोटर्स प्रालिसँग साझेदारीमा सञ्चालनमा ल्याएको शोरुममा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयरपार्टसको सुविधा छ। नयाँ शोरुमबाट सेरेस इभीको ब्रान्ड वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

शोरुम उद्‍घाटनका अवसरमा कम्पनीले २ जना ग्राहकलाई सेरेस इभी हस्तान्तरण गरेको छ। सेरेस थ्री र मिनी इभी हस्तान्तरण गरिएको हो ।