निबन्ध प्रतियोगिता आयोजना गर्दै नेप्से, प्रथम हुनेलाई ७५ हजार पुरस्कार

निबन्ध प्रतियोगिता आयोजना गर्दै नेप्से, प्रथम हुनेलाई ७५ हजार पुरस्कार


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेप्सेले निबन्ध प्रतियोगिताको लागि “नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षक तय गरेको छ ।

उक्त प्रतियोगिताका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले यस निबन्ध प्रतियोगितामा भाग लिन सक्ने छन् । निबन्ध पुस १५ गते भित्र नेप्सेमा पेश गर्नु पर्ने नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार निबन्ध कम्तीमा २००० देखि बढीमा २५०० शब्द सीमामा हुनु पर्नेछ। निबन्ध नेपाली वा अङग्रेजी माध्यममा हुनु पर्नेछ । निबन्ध पठाउदा अनिवार्य रुपमा अध्ययनरत कलेज / क्याम्पसको सिफारीस संलग्न गरेको हुनु पर्नेछ । निबन्ध पठाउदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनका लागि अन्यत्र पेश नगरिएको हुनु पर्नेछ । निबन्ध [email protected] मार्फत पठाउनु पर्ने नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार प्राप्त निबन्धहरु मध्ये उत्कृष्टताको आधारमा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।

एआईको प्रयोग गरी तयार गरिएका निबन्धलाई प्रतियोगितामा समावेश नगरिने र निबन्धलाई प्रतियोगितामा समावेश गर्ने नगर्ने सम्पूर्ण अधिकार नेप्सेमा निहित रहने नेप्सेले प्रष्ट पारेको छ ।