सांसद कोइरीलाइ भारतमा पक्राउ गरेर पनि छाडेको खुलासा

सांसद कोइरीलाइ भारतमा पक्राउ गरेर पनि छाडेको खुलासा


काठमाडौं ।

नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुस पछी बर्तमान सरकार ढल्ने दाबी गरेका छन ।

सम्बन्ध स्थानिय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट ( चिवाभञ्ज्याङ संकल्प यात्रा सकिए पछी प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन ।

संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछी महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदिय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नया सरकार बन्ने ठोकुवा गरेका हुन् ।

बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।

‘५ गते पत्रकार सम्मेलन गरे पछी यो सरकारको खुट्टाहरु भत्किन्छ,’ उनले भने, ‘सरकार ढल्ने निश्चित रहेको छ । उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नया बन्ने सरकार केपी शर्मा ओली कै नेतृत्वमा बन्नेछ ।’ अदालतले सफाई दिनु भन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उनले खुलासा गरेका छन्’ ।

पक्राउ परेपछी के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसगँ समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले बताए ।