टिपरको ठक्करबाट २ युवकको मृत्यु भएपछि सडक अवरुद्ध, वडाअध्यक्षसहित पक्राउ

टिपरको ठक्करबाट २ युवकको मृत्यु भएपछि सडक अवरुद्ध, वडाअध्यक्षसहित पक्राउ


दाङ ।

दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् ।

शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।

सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ ।

मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्।

सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका-६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो।