युनिक नेपालले डाक्यो साधारण सभा

युनिक नेपालले डाक्यो साधारण सभा


काठमाडौं । 
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गतेका दिन वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा कोहलपुर, न.पा- ४, होटल सेन्ट्रल प्लाजा बाँकेमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभामा अन्य लघुवित्त संस्थाहरूसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्दै छ । पुस ११ गतेसम्म कायम सेयर धनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।