अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ : मन्त्री ज्वाला

अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ : मन्त्री ज्वाला


काठमाडौं ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताएका हुन् ।

अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए ।

‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ । भौतिक मन्त्रालयअन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको छ,’ ज्वालाले भने ।