काठमाडाैं ।
बीवाईडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ ।
यो अवार्ड यूरोपभर बिक्री हुने कारहरू मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्ने गरिन्छ ।
कार निर्माताका बलिया प्रोडक्टलाई पछाडि पार्दै डल्फीनले अवार्ड जितेको हो ।
उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए ।
अष्ट्रियाको टिसडार्फ शहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरूले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् ।
उनीहरूले डल्फीनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संज्ञा दिएका थिए ।
त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फीनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।
मूल्य र गुणस्तर
जुरीहरूले डल्फीनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायी र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याई रहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ ।
नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फीन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फीन उपलब्ध छ, त्यो सेगमेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरूले प्रशंसा गरेका थिए ।
प्रतिक्रिया