काठमाडौं ।
दुबईका आकर्षक तलबमा काम लगाई दिने भन्दै ८३ जनाबाट २ करोड ६३ लाख ५४ हजार छ सय दस रुपैयाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
सर्लाहीको जानकीनगर गाविस ७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा – ७ घर रहेका ४१ वर्षीय उपाध्यायलाई प्रहरीले पक्राउ गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरूले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया