विश्वविद्यालयमा मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

विश्वविद्यालयमा मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता


काठमाडाै‌ं।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताएका छन् ।​​

सोमवार दिउँसो दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘आजको यो दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दीक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधार भीसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईँहरूको अगाडि व्यक्त गर्दछु’, समारोहलाई सम्बोधन गर्दै दाहालले भने ।