भारतीय सुकेको प्याज प्रतिकिलो १४५ रुपैयाँ

भारतीय सुकेको प्याज प्रतिकिलो १४५ रुपैयाँ


काठमाडौं ।

मंगलबार स्थानीय काउली प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँमा बिक्रि भैरहेको छ भने ज्यापु काउली ३० देखि ४० रुपैयाँ मूल्य रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ ।

गोलभेडा ठूलोको प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको छ। स्थानीय सानो गोलभेडा प्रतिकिलो १२ देखि १८ रुपैयाँसम्म रहेको छ। आजको मूल्य विवरण अनुसार रातो आलु प्रतिकिलो ३२ देखि ३५ र रातो आलु भारतीय २८ देखि ३० रुपैयाँ प्रतिकिलो रहेको छ। सेतो आलुको आजको बजार भाउ भने प्रतिकिलो २६ देखि २८ रुपैयाँ रहेको छ।

स्थानीय गाजर ४० देखि ५० रुपैयाँ र स्थानीय बन्दा ३० देखि ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। रातो मुला १५ देखि २० र सेतो मुला (स्थानीय) ८ देखि १२ रुपैयाँ प्रतिकिलो रहेको छ भने भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ।