हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत लाभांश दिने

हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत लाभांश दिने


काठमाडौं ।

हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ।

कम्पनीले पुस २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ। पुस १२ गते बुक क्लोज गर्ने कम्पनीको तयारी छ।