एनसेल खरिदबिक्रीकाे चर्चा भएदेखि नै सरकार गम्भीर छ : प्रधानमन्त्री

एनसेल खरिदबिक्रीकाे चर्चा भएदेखि नै सरकार गम्भीर छ : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद विक्रीसंग चर्चा आएदेखि सरकार गम्भीर रहेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकाेबारे आफू गम्भीर रहेको भन्दै केही न केही गडबडी रहेकाे बताएका हुन् ।

एनसेलको सेयर खरिद-बिक्री प्रकरणलाई लिएर अनेक आशंका गर्न थालिएका बेला प्रधानमन्त्री प्रचण्ड संसदीय समितिमा पुगेर जबाफ दिएका हुन् ।

एनसेलको ८० प्रतिशत शेयर रहेको रेनोल्ड होल्डिङ्स कम्पनीको स्वामित्व मलेसियाको आजियाटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो।

‘यसबारे अध्ययनका लागि १ महिनाको समय दिएर टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ,’ प्रचण्डले भने, ‘यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुनविपरीत भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौँ ।’