चितवन।
चितवन प्रहरीले ३८० किलो अवैध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३८० किलो अवैध गाँजासहित उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाइछिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई समेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया