भैंसेपाटी मन्त्री निवासकाे टहरामा आगलागी

भैंसेपाटी मन्त्री निवासकाे टहरामा आगलागी


काठमाडौं ।

ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।

आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो ।

आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको प्रहरीले जनाएको छ ।