प्रदेश सरकार खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

प्रदेश सरकार खारेज गर्नुपर्छ : चित्रबहादुर केसी


काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्।

मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरूमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए।

उनले संघीयताका कारण ८८४ जना सांसद र १३८ जना मन्त्री पाल्नुपरेको बताए। उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरूलाई कसरी पाल्न सक्छन् ? भन्दै प्रश्न गरे।

उनले संघीयता काम नलाग्ने रहेछ भन्ने कुरा सबैले अहिले महसुस गर्न थालेको भन्दै प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए।