ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १ हजारले बढेको छ ।

मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १८ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।

हिजो १४ सय ५० रुपैयाँमा कारोबार हुने चाँदी आज १४ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।