नाडाकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत

नाडाकाे अध्यक्षमा करण चौधरी सर्वसम्मत


काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत भएका छन् ।

चौधरीलाई अध्यक्ष बनाउन आकाश गोल्छा सहमत भएसँगै उनी सर्वसम्मत अध्यक्ष हुने भएका छन् । विशेष महाधिवेशन गरेर नाडामा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरी गोल्छालाई सो पद दिने सहमति भएकाे छ ।

नाडाका अध्यक्ष ध्रुव थापा र पूर्वअध्यक्षहरूको बैठकले आगामी २ बर्से कार्यकालका लागि चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । यसपछिकाे कार्यकालकाे अध्यक्षता भने गाेल्छाले पाउने सहमति भएकाे छ ।​

आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं साधारणसभाअघि नै सहमतिमा अध्यक्ष चुनिएको हो । अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरीलाई कार्यसमितिमा समेट्ने सहमति भएकाे छ ।