भाडामा घर खाेज्दै काठमाडौं महानगर

भाडामा घर खाेज्दै काठमाडौं महानगर


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ ।

महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ ।

महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो ।

महानगरपालिकाले भाडामा लिने घर आठ सयदेखि १२ सय वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्ने, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने जनाएको छ ।