चिरख्वा हाइड्रो र नेपाल वेयरहाउजिङको आइपिओ भोलिबाट कारोबारमा आउने, कारोबार रेञ्ज कति ?

चिरख्वा हाइड्रो र नेपाल वेयरहाउजिङको आइपिओ भोलिबाट कारोबारमा आउने, कारोबार रेञ्ज कति ?


काठमाडौं ।

चिरख्वा खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ४० लाख कित्ता आईपीओ सूचीकृत गरेको हो।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले सिकेएचएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०० रुपैयाँ १ पैसादेखि ३०० रुपैयाँ ३ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

बिहीबार यही रेञ्जमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

यस्तै नेपाल वेयरहाउजिङ कम्पनीको पनि ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ ।

नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९३.०४ देखि २७९.१२ को मूल्य रेन्ज तोकेको छ ।

यही मूल्य रेन्जका आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउनेछ ।