भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि, २ हजार संक्रमित फेला

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट पुष्टि, २ हजार संक्रमित फेला


काठमाडौं ।

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ ।

तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।

जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।

डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।

भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्।

टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन्। अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा हो।