हिजो १ हजारले बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

हिजो १ हजारले बढेको सुनको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १८ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।

हिजो १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।