गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने


काठमाडौं ।

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने ५१ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ९.५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने ०.५० प्रतिशतका दरले हुन आउने २ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको ९कर प्रयोजनार्थ० नगद लाभांश रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरभनहिरुलाई वितरण गरिनेछ।