काठमाडौँ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका छन् ।
पर्यटनमन्त्री किराँतीले राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै उनले तत्काल बर्खास्त माग गरेका हुन् ।
ुगैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्छ,ु नेता थापाले फेसबुकमा लेखेका छन्, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस् ।’
प्रतिक्रिया