काठमाडाैं ।
हाइड्रोइलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ ।
पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश घोषणा गरेको हो ।
सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते १२औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित हुनुअघि सरकारबाट स्वीकृत हुने छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गतेका लागि बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया