सेयरधनीकाे हात खाली बनाउँदै नेपाल बैंक

सेयरधनीकाे हात खाली बनाउँदै नेपाल बैंक


काठमाडाैँ ।

नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय वितवरण प्रकाशित गरेको थियो ।