पोखरा फाइनान्सले सेयरधनीलाई लाभांश नदिने

पोखरा फाइनान्सले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं ।

पोखरा फाइनान्स लिमिटेडले यस वर्ष सेयरधनीहरूकाे हात खाली बनाउने भएकाे छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई निराश बनाएकाे हाे ।