सुदन किराँतीको द्वन्द्व मच्चाउने अभिव्यक्ति, माफी माग्नुस् : सांसद राणा

सुदन किराँतीको द्वन्द्व मच्चाउने अभिव्यक्ति, माफी माग्नुस् : सांसद राणा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई माफी माग्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार सांसद राणाले मन्त्री किराँतीले धर्मको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्ने बताएका हुन्।

‘हिजो मन्त्रीले गम्भीर कुरा उठाउनुभयो । क्रिश्चियनको विरोध गरेमा हत्कडी लगाउनुपर्छ भनेको छ । जबर्जस्ती धर्म परिवर्तनको विरोध गरेको हो क्रिश्चियन धर्मको विरोध गरेको होइन,’ सांसद राणाले भने, ‘तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेको कुरा गलत हो । द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो ।’

मन्त्री किराँतीको अभिव्यक्तिले समाजमा धार्मिक द्वन्द्व फैलिएमा त्यसको जिम्मेवार सरकार र मन्त्री किराँती हुनुपर्ने राणाले बताए ।