डाबर नेपालले ईएचसीएफ लाई दियाे २५ लाख सहयोग

डाबर नेपालले ईएचसीएफ लाई दियाे २५ लाख सहयोग


काठमाडौं ।

डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको छ । आफ्‍नो सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत डाबर नेपालले ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको हो ।

डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा र बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका अध्यक्ष अखिल शाक्य सहयोग हस्तान्तरण गरेका हुन् ।

डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रम (NPPTBI) लाई समर्थन गर्ने संस्था Easy Healthcare Foundation (EHCF)सँग अर्थपूर्ण साझेदारी बनाएको जनाएको छ ।