बल्खुमा अप्सराको हत्या भएकाे ६ वर्षपछि २ जना पक्राउ

बल्खुमा अप्सराको हत्या भएकाे ६ वर्षपछि २ जना पक्राउ


काठमाडौं ।

६ वर्षअघि अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक छन् ।

शिवराज अर्कै मुद्दामा केन्द्रीय कारागारमा थिए भने जगतलाई भारतबाट नेपाल आउने क्रममा गएराति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

प्रहरीका अनुसार मकवानपुर घर भई काठमाडौंमा ज्यामी काम गर्ने ५० वर्षीया अप्सराको शव ३० पुस २०७४ मा बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि भेटिएको थियो ।