माइतीघरबाट १५ जना मानवअधिकारकर्मी पक्राउ

माइतीघरबाट १५ जना मानवअधिकारकर्मी पक्राउ


काठमाडौं ।

माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो।

बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका छन्।