नेपाल इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौं ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ ।

कलेजले कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूर्णछात्रवृत्ति दिने घोषणा गरेको हो ।

कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो । ‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं ।’ शैक्षिक सत्र २०२३ का लागि उक्त छात्रवृत्ति घोषणा गरिएको भन्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।

कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न कक्षा ११ र १२ को मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्क, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धीत स्थानीय निकायको भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्दछ ।
कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्ने जनाएको छ ।