प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते


फाइल फोटो

प्युठान ।

प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

स्वर्गद्वारी नगरपालिका-५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार सोही नगरपालिका-५ डाँडागाउँ बस्ने ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।