८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १९ हजार २५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।

हिजो १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।