नेप्सेले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार राेक्याे

नेप्सेले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार राेक्याे


काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले पुस ५ गते २ः३० बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पुस ६ गते मात्र जानकारी गराएपछि नेप्सेले कारवाही गरेको हो ।

लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ ।

तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।