काठमाडौं महानगरले विद्यालयमा क्रिसमसलक्षित अनुगमन गर्दै

काठमाडौं महानगरले विद्यालयमा क्रिसमसलक्षित अनुगमन गर्दै


काठमाडौं ।

काठमाडौं महानगरपालिकाकाले विद्यालयहरुमा क्रिसमसलक्षित अनुगमन गर्ने भएको छ ।

भोलि क्रिसमस मनाइने र सार्वजनिक बिदा भएकाल महानगरले आइतबारदेखि विद्यालयहरुमा अनुगमन गर्ने भएको हो ।

विभिन्न चार्डवाडका नाममा विद्यालयहरुले विद्यार्थीलाई फरक पोशाक किन्न लगाउने गरेको गुनासो आएको भन्दै गत शुक्रबार महानगरले चेतावनी दिदैँ विज्ञप्ति जारी गरेको थियो । सोहि अनुरुप आजबाट विद्यालयहरुमा अनुगमन गर्ने शिक्षा प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

महानगरपालिकाले विभिन्न चाडबार्डका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै विद्यालयलाई सचेत गराएको छ ।

जुनसुकै चार्डमा यदि पोशाक किन्न बाध्य पारेको पाइएमा स्कुल र शिक्षक कारबाहीमा पर्ने विज्ञप्तिमा उल्लेख छ । ।