जगदम्बा हस्पिटालिटीले आइपिओ निष्कासन गर्दै

जगदम्बा हस्पिटालिटीले आइपिओ निष्कासन गर्दै


काठमाडौं ।

काठमाडौँ जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने प्रथम वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागिएको हो ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।