इन्द्रेणी बहुउद्देश्यको २५ औं वार्षिक साधारण सभा सम्पन्न

इन्द्रेणी बहुउद्देश्यको २५ औं वार्षिक साधारण सभा सम्पन्न


बुटवल ।

बुटवल संख्खानगरमा रहेको इन्दे्रणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सम्पन्न १० औं अधिवेशनले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

शनिबार सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनले अर्यालको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।

इन्द्रेणीको उपाध्यक्षमा माया गौतम, सचिवमा नरबहादुर रजाली, कोषाध्यक्षमा कृष्णप्रसाद अर्याल (ख) लाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

सहकारीको सदस्यहरुमा शान्तिलाल बज्राचार्य, माधव रेग्मी, मोहन भण्डारी, पदम पौडेल, तेजेन्द्र खनाल, भिमलाल भण्डारी, सरला भण्डारी र लेखा संयोजकमा लुंगलाल शाक्य चयन भएका निर्वाचन समितिका संयोजक डिल बहादुर थापाले जानकारी दिए ।

इन्द्रेणीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीहरु बचतमा मात्र सिमित नरहेर सीपमुलक, आयमुलक तथा उत्पादनमुलक क्षेत्रमा लाग्नु पर्ने सुझाव दिए ।