आइपिओ ल्याउदै लक्ष्मी स्टिल

आइपिओ ल्याउदै लक्ष्मी स्टिल


काठमाडौँ ।

लक्ष्मी स्टिल लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २१ गते आइतबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाण्डौमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।