२१ अंकले घट्यो सेयर बजार, ७ अर्ब ११ करोडको कारोबार

२१ अंकले घट्यो सेयर बजार, ७ अर्ब ११ करोडको कारोबार


काठमाडौं ।

चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २१ अंकले घटेको छ ।

आइतबार २१.०५ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७९ वटा कम्पनीको सेयरमूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।