सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलको ३ महिनाको सीसीटीभी फुटेज पाइएन

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलको ३ महिनाको सीसीटीभी फुटेज पाइएन


काठमाडौं।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले ३ महिनाको सीसीटीभी फुटेज पाएन ।

सुन तस्करी प्रकरणको छानबिन गर्न गठित टोलीले छानबिनका लागि माग गरे अनुसारका सीसी फुटेज नपाएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए।

त्यसक्रममा गोरखाका मीनबहादुर पनि पक्राउ परेका थिए । त्यसपछि प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै ३ महिनाको सीसीटीभी फुटेज नपाएको जानकारी दिएको हो ।

जसअनुसार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ । तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।