ग्यापु मार्केटप्लेस र माछापुच्छ्रे बैंकबीच सम्झौता

ग्यापु मार्केटप्लेस र माछापुच्छ्रे बैंकबीच सम्झौता


काठमाडौं।

ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस प्राइभेट लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । ग्यापु मार्केटप्लेसले माछापुच्छ्रे बैंकसँग सहकार्य गरी विभिन्न वित्तीय सुविधा प्रदान गर्न सम्झौता गरेको हो ।

यो सम्झौतासँगै ग्यापु मार्केटप्लेसले उपभोक्तालाई व्यक्तिगत र व्यापारिक खरिददारीहरूमा इएमआई (किस्ताबन्दी) सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । अब उपभोक्ताले नेपालभर फैलिएको ग्यापुको नेटवर्कबाट उत्कृष्ट उत्पादनहरू किनमेल गर्नका लागि इएमआई सुविधासमेत पाउनेछन् ।

सामान किन्न मन हुने, तर तुरुन्तै पूरै पैसा नहुने उपभोक्तालाई इएमआई सुविधाले मद्दत पुग्ने ग्यापुका प्रमुख मार्केटिङ अधिकृत पियूष कर्णले बताए । उनले भने, ‘ग्यापुले उपभोक्तालाई नयाँ र आधुनिक खरिददारी अनुभव प्रदान गर्न बैंकसँग सम्झौता गरेको हो । यो सम्झौतासँगै हाम्रा उपभोक्तालाई अझ मद्दत पुग्नेछ ।’

यस्तै, माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ प्रमुख आलोकमान श्रेष्ठले ग्यापु मार्केटप्लेसले गरेको यो सम्झौताले सामाजिक तथा व्यापार क्षेत्रमा उपभोक्तालाई फाइदा पुर्याउने बताए । उनले भने, ‘हाम्रा ग्राहकहरूले महँगो वस्तु सस्तोमा पाउन सक्नुहुनेछ । साथै चुनौतीपूर्ण समयमा वित्तीय समर्थन प्राप्त गर्न पाइन्छ ।’

यो सम्झौतासँगै कर्पोरेट, विद्यालय र विद्यार्थीका लागि आइसिटी उत्पादन र इलेक्ट्रोनिक उत्पादनमा इएमआई किस्ता, ग्यापुद्वारा फास्टट्र्याक क्रेडिट सुविधा, डिजिटल स्मार्ट बोर्डहरूमार्फत शिक्षण सिकाइलाई थप रमाइलो, अन्तरक्रियात्मक भिडियो र अडियो सामग्रीमार्फत विद्यालयलाई डिजिटलाइज गर्न सकिनेछ ।

यस्तै, ग्यापुले डिजी स्कूलसँग मिलेर डिजी स्कूलका साझेदारलाई स्कूलहरूमा डिजिटल अभियानमा त्यस्ता सुविधा उपलब्ध गराउनेछन् ।