ज्यान मुद्दामा सफाइ पाएका कोइरीले ओलीबाट लिए सगुन

ज्यान मुद्दामा सफाइ पाएका कोइरीले ओलीबाट लिए सगुन


काठमाडौं ।

ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बालकाेटमा उनले अध्यक्ष ओलीको हातबाट सगुन लिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा मुद्दा चल्दै गर्दा महोत्तरी–१ बाट निर्वाचित कोइरीको सांसद पद निलम्बन गरिएको थियो ।

मंसिर २८ गते सर्वोच्चले उनलाई सफाइ दिएको थियो ।